विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयले जनाएको छ । उनीहरु हङकङबाट नेपाल आएका थिए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन […]