बैतडीमा उपनिर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु

Machchapuchchre

बैतडी । उपनिर्वाचन हुने बैतडीका ३ वडामा बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट बिहीबार र शुक्रबार २ दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ । त्यस्तै सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ । यस्तै पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ ।

विसं २०७४ मा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र वितरण भइरहेको हो । मतदानमा सहभागी हुन अनिवार्य रहेकाले आ–आफ्नो मतदाता परिचयपत्र लिन हुन जिल्ला निर्वाचन कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्