राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान
काठमाडौँ । संसदको हिउँदे (पाँचौं) अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिए । दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत […]