अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिनेछ– मन्त्री अर्याल

Machchapuchchre

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छन् । भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक २ दिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको बताइन् ।

‘जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ,’ उनले भनिन्, ‘विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।’

मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पुर्‍याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरिन् ।

मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिदैं यस्ता अन्तरराष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्ने बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्