आज पुस १ गते, नेपाली काँग्रेसले ‘कालाे दिवस’का रुपमा मनाउदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आज कालो दिवस मनाइँदैछ । २०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला बीपी लगायतका नेतालाई पक्राउ […]

कालापानी जाऔं अभियान चलाउदै क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंसिर २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलनको तेस्रो चरणमा पार्टीको मोर्चा […]

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भंगालमामा पनि

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कूल शाखा संख्या १०७ पुगेको छ । बैंकले आइतबार काठमाडौंको भंगालमा नयाँ शाखा स्थापना गरी कारोबार सुभारम्भ गरेसँगै सो बैंकको शाखा संख्या १०७ पुगेको हो । यसअघि गतसाता भक्तपुरको लोकन्थलीमा १०६ औं शाखाको उद्घाटन गरेको बैंकले आइतबार १०७ औं शाखा उद्घाटन गर्न सफल भएको छ । बैंकले प्रदेश […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

काठमाडौं– व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले […]

काँग्रेसद्वारा कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त

काठमाडौं- नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत कलाकारद्वयको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउँदै […]

जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जना सकुशल घर फिर्ता

जुम्ला । जडिबुटी संकलनका लागि जंगल गएका बेला हिउँ परेर बेपत्ता भएका १३ जना व्यक्ति सकुशल घर फर्किएका छन् । बिहीबार राति जंगलतर्फ गएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फूलबारीका १३ जना सकुशल घर फर्किएका हुन् । जडिबुटी संकलनका लागि १४ जना जंगल गएकोमा १ जना वीनबहादुर बोहोराको भने हिमपातमा परेर मृत्यु भएको खबर प्राप्त भएको […]

प्रचण्डकाे प्रतिवेदनमा आजबाट स्थायी कमिटीमा छलफल हुने

काठमाडौं, ३० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आजबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने भएका हुन् । सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ । पार्टी कार्यालय धुम्वाराहीमा आइतबार […]

विशेष समितिको प्रस्ताव – प्रदेश ५ को नाम ‘लुम्बिनी’

बुटवल । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव भएको छ। स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो। समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको बताए। समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि […]

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सरसफाईका सामाग्री वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँ बजार शाखाले मानव सेवा समाजलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । मानव सेवा समाजले खुला आकाशमुनी कष्टपुर्ण बिताइरहेका अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई गर्ने संस्था हो । शाखाले आश्रममा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री वितरणका साथै […]

सामाजिक उत्तरदायित्व अन्तर्गत ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्ड्रेड्स ग्रुपसँग मिलेर स्थापना भएको कपडा बैंकलाई बिहिबार एक थान वासिङ मेसिन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको हो। कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील […]