कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भंगालमामा पनि

Machchapuchchre

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कूल शाखा संख्या १०७ पुगेको छ । बैंकले आइतबार काठमाडौंको भंगालमा नयाँ शाखा स्थापना गरी कारोबार सुभारम्भ गरेसँगै सो बैंकको शाखा संख्या १०७ पुगेको हो । यसअघि गतसाता भक्तपुरको लोकन्थलीमा १०६ औं शाखाको उद्घाटन गरेको बैंकले आइतबार १०७ औं शाखा उद्घाटन गर्न सफल भएको छ ।

बैंकले प्रदेश नं ३ अन्तर्गतको काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं ०८ स्थित भङ्गालमा आइतबार १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

नयाँ शाखाको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्दै काठमाडौंको काठ क्षेत्रमा बैंकले सेवा प्रवाह अझै प्रभावकारी बनाउने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्