आज काठमाडौंमा याे वर्षकै बढी चिसो, शून्य दशमलव ६ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं । काठमाडौंको तापक्रम शून्य तर्फ ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गएकाे बिहीबार काठमाडौं तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस […]

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, बैंक ग्राहकले उपचारमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले […]

प्रभु बैंकद्वारा जिप्रका बाग्लुङ्गमा एक्स्टेन्सन काउण्टर सुरु, १ सय ५२ स्थानमा एटीएम सेवा

काठमाडौं । ग्राहकहरुको सेवालाई मध्येनजर गर्दै प्रभु बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । बैंकले जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन काउण्टरको उद्घाटन बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले गरेका छन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित […]

उपसभामुख तुम्बाहाङ्फे भन्छिन – सभामुख चयनमा बाधक बन्दिनँ

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छन् । शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाङ्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी हुन् । ‘सभामुख चयनमा म बाधक छैन् । राजीनामा दिन तयार भएर बसेकी छु,’ उनले भनिन, ‘आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन ।’ नेकपाका नेताहरुले उपसभामुख तुम्बाहाङ्फेले […]

१४ औं महाधिवेशन ०७७ फागुनमा गर्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । ‘पार्टीको १४ औं महाधिवेशन २०७७ फागनु ७ देखि १० गतेसम्म गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको छ,’केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन, […]

एमसीसी सम्झौताका प्रावधानहरु नेपालको हितमा छैनन् -भीम रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको दाबी गरेका छन् । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताए । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहेका रावलले भने, […]

कैलाश विकास बैंक लिमिटेडको नयाँ शाखा धापाखेलमा विस्तार

काठमाडाैं । कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा नयाँ शाखा स्थापना गरी पौष १० गते बिहीबार देखि कारोवार शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका छन् । नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन् । बैकको एटिएम संख्या ४० पुगेको […]

हड्ताल नगर्न/नगराउन बैंकिंग क्षेत्रमा सर्वोच्चको आदेश

बैंकिंग अत्यावश्यक क्षेत्र भएकोले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेको छ | बुधबार सर्वोच्च अदालतको  एक इजालासले कार्यालयको काममा कुनै पनि किसिमको हड्ताल जन्य कार्य नगर्न अन्तरिम आदेश जारि गरेको हो | सर्वोच्चको आदेश आनुसार, बैंकिंग क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्ताल जन्य कार्य […]

सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभाको बैठक, अर्को बैठक पुस १६ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुस १६ गते सरेको छ। संसद सचिवालयले टाँस गरेको सूचनामा बैठक आगामी १६ बस्ने भनिएको छ। सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिल्दा बैठक स्थगित भएको हो। योसँगै प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ। प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ। तर सत्तारूढ […]

सहमति जुटन नसकेपछि सभामुख चयन प्रक्रियामा ढिलाइ

काठमाडौं । नेकपामा सभामुखका लागि सहमति जुटन नसकेपछि सभामुख चयन प्रक्रियामा ढिलाइ हुने भएको छ। यसअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखका लागि नेकपाभित्र सहमति भएपछि ११ गतेसम्म उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजिनामा आउने बताएका थिए। उपसभामुखको राजिनामापछि ११ गतेको बैठक जेष्ठ सदस्यले सञ्चालन गर्ने र सोही बैठकले नयाँ सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने नेम्वाङको भनाइ […]