१४ औं महाधिवेशन ०७७ फागुनमा गर्ने नेपाली कांग्रेसको निर्णय

Machchapuchchre

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

‘पार्टीको १४ औं महाधिवेशन २०७७ फागनु ७ देखि १० गतेसम्म गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको छ,’केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन, ‘बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने निर्णयसमेत गरेको छ।’

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। १३ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी फागुनमा सकिदैछ। पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने उल्लेख छ।

उपाध्यायका अनुसार बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने निर्णय गरेको छ। उपाध्यायले विभागको संख्या अझै थपिने बताइन। तरुण दलको म्याद ६ महिना थप्ने निर्णय पनि बैठकले गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्