अर्थ राजनीति ~ गत हप्ता तोलाको ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबारदेखि तीन दिनमै बढ्दा कुल १८ सयले वृद्धि भएको छ । सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो । मंगलबारको तुलनामामा सुनको मूल्य क्रमिक रूपमा बढ्न थालेको छ । अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारका लागि सुनको बजार मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य आज ९६ हजार ३ सय रुपैयाँ
