निर्वाचन प्रक्रियामाथि भ्रम छरेको भन्दै ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीट हाइड गर्‍यो

Machchapuchchre

अर्थ राजनीति ~सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीट हाइड गरिदिएको छ । उनको उक्त ट्वीट कसैले चाहेमा हेर्न सक्छन् तर फेव, कमेन्ट र रीट्वीट गर्न भने नमिल्ने बनाइएको छ । हिजो भएको राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहेकै अवस्थामा ट्रम्पले ट्वीट गरेका हुन्। ट्रम्पले गरेको ट्वीटले मतदान र निर्वाचन प्रक्रिया माथि भ्रम छर्ने भन्दै ट्वीटरले हाइड गरिदिएको जनाएको छ । ट्रम्पले लेखेका छन्, ‘हामी ठूलो हुँदै छौं, तर उनीहरु निर्वाचन चोर्ने प्रयासमा छन्। हामी कदापी त्यसो हुन दिदैनौं। मतदान केन्द्र बन्द भएपछि मत हाल्न पाइँदैन !’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्