नेपालमा कोरोनाका कारण ७ जनाको मृत्यु, आज एकैदिन २०८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित १४२०

Machchapuchchre Bank

अर्थ राजनीति ~ दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । गत माघमा नेपालमा पहिलो पटक देखिएको कोरोना भाइरस शनिबार दुई सयभन्दा धेरैमा देखियो। शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८९ जना नयाँ संक्रमित भेटिएको जनाएको थियो।  तर शनिबार साँझसम्म यो संख्या बढेर २०८ पुगेको छ। पछिल्लो पटक  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ नयाँ संक्रमित पुष्टि भएसँगै एकै दिन संक्रमित हुनेको संख्या कीर्तिमानी २०८ पुगेको हो। योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ४२० पुगेको बताए ।

हाल देशभर ‘क्वारेन्टाइन’मा एक लाख १० हजार ८८ जना रहेका छन् । ‘आइसोलेसन’मा एक हजार १७६ जना रहेका उनले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्