छिमेकि रास्ट्र भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

Machchapuchchre

अर्थ राजनीति – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा बढेपनि मृत्यु हुनेको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १५ हजार सात सय नाघेको छ । महाराष्ट्र जुन भारतको सबैभन्दा प्रभावित राज्य हो, अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७० गुजरातमा ५३ दिल्लीमा ४२ जनाको मृत्यु भइ सकेको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म ९ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्