कोरोना संक्रमणबाट एक लाख ६० हजार ७ सय भन्दा बढीको मृत्यु

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजार ७ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । अमेरिका पछाडी इटालीमा २३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् । उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् । फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार ४ सय नाघेको छ । फ्रान्समा १ लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् ׀
विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु र २३ लाख ३१ हजार व्यक्ति संक्रमित हुँदा ५ लाख ९७ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्