कोरोना त्रास बढेपछि प्रचण्डद्वारा अत्यावश्यक बाहेक सबै भेटघाट बन्द

Machchapuchchre Bank

काठमाडौं । चीनको वुहान सहरबाट सुरु भएको प्राणघातक कोरोनाको  त्रास नेपालमा पनि बढेपछि  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्।

विश्वभर फैलिएको कोभिड-१९ का (कोरोना भाइरस) कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्।

गंगाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्