कोरोनाबाट जनतालाई जोगाउन सरकारको तयारि – आजका पत्रपत्रिका

Machchapuchchre

अर्थ राजनीति । कोरोना भाइरस विभिन्न देशमा फैलि सकेको छ । कोरोना भाइरस नेपालमा भित्रीरिन नदिन र यसबाट जोगिन बढाइएको सतर्कतामाथि दैनिक पत्रिकाहरू केन्द्रित भएर समाचार छापेका छन ।

नयाँ पत्रिकाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्ददेखि २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द गर्नेलगायत निर्णय लिएको समाचारमा उल्लेख छ । त्यस्तै गरि नेपालका आधाभन्दा बढी नागरिकसंग साबुन्पनिले हात धुने सुविधा वा अभ्यास छैन भन्दै समाचार छापेको छ ।

कान्तिपुरले २५ जनाभन्दा बढी भेला  हुन् प्रतिबन्ध गराईएको भन्दै खबर छापेको छ । १५ एयरलाइन्स उडान रोकिने र साबुन पानीले हात धुने बानि बसालौ भन्ने विषयमा खबर छापेको छ ।

अन्नपुर्ण पत्रिकाले जरुरी काम बाहेक घर बाट बाहिर नानिस्किनु भन्ने विषयमा खबर लेखेको छ । त्यस्तै गरि विदेशमा भएका नेपालि नागरिकहरुलाई पनि सतर्क रहनु भन्दै खबर छापेको छ । सभामुख-अध्यक्षकोबीच भएको मनमुटाबको बारेमा पनि समाचार लेखेको छ ।

राजधानी पत्रिकाले अति आवश्यक काम भएमात्र घरबाट बाहिर निस्कन सरकारले अपिल गरेको छ भन्दै खबर छापेको छ । त्यस्तै गरि अब अनुमति बिनानै फोन ट्यापिंग भन्ने विषयमानि खबर छापेको छ । सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट भएको भन्दै समाचार लेखेको छ ।

नागरिक दैनिकले पनि कोरोनाको विषयमा नै समाचार छापेको छ । पत्रिकाले जरुरी काम बाहेक घर बाट बाहिर ननिस्किनु र एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठन पाठन बन्द भन्दै खबर लेखेको छ । त्यस्तै गरि रोकिएन चितुवाको आक्रमण भन्दै खबर छापेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्