शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, ८२ हजार ५ सयमा कारोबार

Machchapuchchre Bank

काठमाडाैं । शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ८० हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन ८२ हजार ५ सय पुगेको छ। अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर ०. ५ प्रतिशतले घटाएर १. २५ प्रतिशत कायम गरेपछि सुनको मूल्य थप बढेको हो।

अमेरिकाले ब्याजदर घटाउँदा लगानीकर्ता सुनमा आकर्षित हुन्छन्, यसले अन्तर्राष्ट्रिय माग बढ्न गई मूल्यमा दवाव पर्दछ। त्यसबाहेक पछिल्लो समय कोरोनाभाइरसको बढ्दो प्रभावले पनि सुनप्रति लगानीकर्ताको विश्वास बढेको छ। अन्तर्राष्ट्रिय बजारमा यस दिन सुन प्रतिऔंस १६७३ अमेरिकी डलर पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ८८० रुपैयाँ रहेको चाँदी यस दिन ८९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्