कोरोना संक्रमण भए/नभएको परिक्षण गरेर मात्रै संसद छिर्ने व्यवस्था गर्न सांसद प्रदीप यादवको माग

Machchapuchchre

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले सांसद र मन्त्रीहरुलाई कोरोनाको संक्रमण भएको नभएको परिक्षण गरेर मात्रै संसद छिर्ने व्यवस्था गर्न माग गरेका छन । अन्यथा संसद अविलम्ब बन्द गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘२७५ जना सांसद एकै ठाउँमा जम्मा हुन्छौं तर, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले संसद भित्र प्रवेश गर्दा कुनै किसिमको परीक्षण डेस्क राखेको छैन । सांसदहरु धेरै भिडभाडमा जान्छौं, मन्त्रीहरुले सेवाग्राहीसँग समेत भेट्छन्’ शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा उनले भने, ‘तर, संसद भवन भित्र प्रवेश गर्दा टेष्ट नगरीकन सिधै प्रवेश गर्छौं । मानौं कुनै सांसदालई संक्रमण भयो भने हाम्रो संसदको हाल के होला ? त्यसैले कि त पूर्ण तयारी गरेर संसद चलाऔं नत्र यो संसद अविलम्ब बन्द गरौं ।’

सरकारले भिडभाडमा नजानु, भोजभतेर नगर्नु भने पनि सांसद र मन्त्रीहरु भिडभाडमा गइरहेको हुने भएकाले संसद छिर्दा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्