बन्द रहेका ७ उद्योगमध्ये ५ वटाको डीडीए रिपोर्ट तयार

Machchapuchchre Bank

Artharajniti ~ सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ । ‘बजेट वक्तव्यमा उल्लेख गरे बमोजिम सातवटा प्रतिष्ठानहरूको सम्पत्ति र दायित्वको मूल्यांकन डिडिए कार्य भइरहेको छ । यस मध्ये पाँच वटाको डीडीए रिपोर्ट प्राप्त भै सकेको छ भने बुटवल धागो कारखाना लि. र नेपाल आरिण्ड म्याग्नेसाईट प्रा. लि. को सम्पत्ति र दायित्वको मूल्यांकन भइरहेको छ’, अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयलाई पठाएको एउटा लिखित प्रश्नको जवाफमा उल्लेख छ । डीडीए रिपोर्ट भएसँगै उक्त रिपोर्ट समेतको अध्ययन गरी सरकारले निजी-सार्वजनिक साझेदारीको उपयुक्त मोडल चयन गरी लगानी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (एएए) मोडलमा पुन: सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । यस अन्तर्गत डीडीए रिपोर्ट तयार गरिएको हो । यस अन्तर्गत अर्थ मन्त्रालयले पहिलो चरणमा सातवटै उद्योगहरूको विस्तृत लेखापरीक्षण र मूल्यांकन कार्य सुरु गरेको हो । सातवटै उद्योगहरूमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौंडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्