Artharajniti ~ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । आजको बैठकमा ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै छिन् । यही असोज ५ देखि ८ सम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको थियो । त्यसपछि आज एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो ।
११ वर्षपछि वरिष्ठ नेता बनेर एमाले बैठकमा सहभागी हुँदै विद्या भण्डारी



