कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोधको समय तोकिएको छ । यस्तै, राति साढे ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी, मंगलबार (असोज २० गते) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुनेछ । अपराह्न साढे ४ बजे अन्तिम नामावली प्रकाशन, साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।