ARTHARAJNITI ~ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ । सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसअघि नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई बढुवाका लागि सिफारिस गरिसकेको छ । यसैगरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ पनि सचिव बढुवाका लागि सिफारिस भएका छन् । प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।
आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै



