कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै

Machchapuchchre Bank
Artharajniti  ~  काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल बुकिङ गर्न पत्र लेखेको छ। संस्थापनइत्तर पक्षको समानान्तर गतिविधिका कारण कतिपयले महाधिवेशन सर्ने आशंका गरिरहेका बेला कांग्रेसले हल बुक गर्न पत्र लेखेको हो। कांग्रेसले राष्ट्रिय सभागृहलाई ६ दिनसम्म प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैंचा उपलब्ध गराइदिन मंगलबार पत्र लेखेको छ। कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्मका लागि तय भएकामा १५ देखि २० गतेसम्मका लागि हल बुक गर्न लागिएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्