Artharajniti ~ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैंकिङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। निजलाई थप अनुसन्धान र कारबाहीका लागि इप्रका नवलपुर पठाउने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ



