ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण अब अनलाइन बाटै

Machchapuchchre Bank
Artharajniti  ~   यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन तथा नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत संचालनमा ल्याएको छ। विभागले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि सेवाग्राहीले आवेदनदेखि राजस्व भुक्तानीसम्मको प्रक्रिया अनलाइनबाटै गर्न सक्नेछन्। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर स्क्यानर प्रयोग गरी विवरण स्क्यान गरेपछि फारम स्वतः भरिने सुविधा पाउनेछन्। यसले आवेदन प्रक्रिया थप सहज, छिटो र त्रुटिरहित हुने विभागको विश्वास छ। विभागका अनुसार लाइसेन्ससम्बन्धी राजस्व भुक्तानी पनि अनलाइनमार्फत गर्न सकिनेछ। क्यूआर स्क्यानमार्फत विवरण भर्न नसक्ने सेवाग्राहीका लागि भने हाल प्रचलित प्रक्रियाअनुसार नै आवेदन दिन सकिने व्यवस्था कायम रहनेछ। विभागले यो प्रणाली लागू भएसँगै सेवाग्राहीको कार्यालय धाउनुपर्ने झन्झट कम हुने, सेवा प्रवाहमा पारदर्शिता बढ्ने तथा डिजिटल सरकारी सेवाको विस्तारमा थप टेवा पुग्ने जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्