इरानमा नाकाबन्दी लगाउन २० वटा युद्धपोत र सयौँ लडाकु विमान परिचालन

Machchapuchchre Bank

Artharajniti  ~  अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्यपूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वासिङ्टनको समयअनुसार आइतबार अपराह्न ४ बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो। नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ। नाकाबन्दी कार्यान्वयनका लागि मध्यपूर्वमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ लडाकु विमान परिचालन गरिएको अमेरिकी सेनाले जनाएको छ। सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले वासिंटनको समयअनुसार मंगलबार साँझ ४ बजे देखि इरानका बन्दरगाहमा आउने–जाने सबै जहाजलाई लक्ष्य गर्दै नाकाबन्दी सुरू भएको जनाएको छ। ‘हाल मध्यपूर्वभर २० भन्दा बढी अमेरिकी नौसैनिक युद्धपोत र सयौँ सैन्य विमान परिचालनमा छन्। अमेरिकी सेना पूर्ण सतर्क, घातक र आवश्यक परे तत्काल कारबाही गर्न तयार छ,’ सेन्टकमले विज्ञप्तीमा भनेको छ। अमेरिकाले गत अप्रिलमा पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। नाकाबन्दी लगाएपछि इरानले तेल बेच्न नपाउँदा उसका तेल भण्डारण भरिएका थिए। उता इरानले भने अमेरिकी सैन्य गतिविधिका कारण  होर्मुज पुनः बन्द गरिएको घोषणा गरिसकेको छ। तेहरानले स्थिरता नफर्किएसम्म जहाज आवतजावतको अनुमति नदिइने बताएको छ। अमेरिकाले इरानमा हमला गरेपछि इरानले मनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर हवाई हमला गरिरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्