Artharajniti ~ बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे ।‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं । उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ



