” संसदको गरिमा खस्कंदो , सभामुखको कमजोरी देखियो “: हर्क साम्पाङ

Machchapuchchre Bank

Artharajniti  ~  श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्ने बताएका छन् । ‘सार्बभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन । यथार्थमा दशकौंदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रधानमन्त्री आफैंले नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती छ र यसर तथ्यहीन अभिव्यक्तिले हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ ।’ यही प्रसंगमा प्रधानमन्त्रीले बोलेको कुरा सच्चाउनु पर्छ भन्ने मागसहित असहमति व्यक्त गरिरहँदा बुधबार संसद्मा विरोध गरेको उनले स्मरण गरेका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले राखेको उक्त अभिव्यक्तिको स्पष्टीकरण दिन लाग्दा श्रम संस्कृति पार्टीको असहमति र विरोध रहेको थियो भनेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतिएको छ । यो अत्यन्तै निन्दनीय व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ ।’ संसदको मर्यादा र गरिमा दिनदिनै खस्कंदो रहेको भन्दै उनले थपेका छन्, ‘यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहिआएको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्