कांग्रेसकाे प्रश्न : ” नेपालले भारतको सीमा कहाँ मिचेको छ ? “

Machchapuchchre Bank

Artharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।  कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन माग गरेकी हुन् । ‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्नुभयो,’ प्रमुख सचेतक थापाले भनिन्, ‘नेपालले कहाँ मिचेको छ । त्यो जानकारी पाउनुपर्‍यो यदि मिचेको स्थान छैन भने प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरिन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्