प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

Machchapuchchre Bank
Artharajniti ~   नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पदभार सम्हालेका छन्। राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएसँगै शर्माले सर्वोच्च अदालत पुगेर कार्यकार सम्हालेका हुन्। शर्माको पदभार ग्रहण कार्यक्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भने अनुपस्थित रहिन्। वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएकामा प्रधानले सार्वजनिकरुपमै असन्तुष्टि पोखेकी थिइन्। शर्माले पदभार ग्रहण गर्दा सर्वोच्चका अन्य न्यायाधीश, उपत्यकाका अदालतका न्यायाधीश र अदालतका कर्मचारीको उपस्थिति थियो। नेपाल बार एसोसिएसनका पदाधिकारी पनि शर्माको पदभार कार्यक्रममा उपस्थित भएनन्। प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको रिट दरपीठ भई सोउपरको निवेदन दर्ता नभएकोमा बारले असन्तुष्टि जनाइरहेको छ।

 


सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्