आज घट्यो सुनचाँदीको मूल्य

Machchapuchchre Bank

Artharajniti  ~  आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्