बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि कट्यो ९ खर्ब

Machchapuchchre Bank

Artharajniti  ~  बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम दोस्रो पटक नौ खर्ब कटेको छ। बैंकहरूले यसरी राखेको रकम आइतबार दोस्रो पटक नौ खर्ब कटेको हो। आइतबार यस्तो रकम नौ खर्ब एक अर्ब रूपैयाँ पुगेको छ। यसअघि फागुन १३ गते पहिलो पटक यस्तो रकम नौ खर्ब १२ अर्ब पुगेको थियो। राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी गरेर उब्रिएको यस्तो रकम तानेको हो। त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउन पनि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण जारी गर्छ।  निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ। करिब दुई वर्षदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तानिरहेको हो। कात्तिकदेखि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम आठ खर्ब माथि छ। बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।  कर्जा लगानी बढ्न नसकेकै कारण बैंकहरूले राष्ट्र बैंकमा २.६३ प्रतिशतदेखि तीन प्रतिशत ब्याजदरमा पैसा राखिरहेका छन्। बैंकहरूसँग अहिले १२ खर्बभन्दा धेरै रकम कर्जा लगानीको लागि उपलब्ध छ। बैंकहरूमा अहिले ७७ खर्ब ६४ अर्ब निक्षेप छ। बैंकहरूले ५८ खर्ब ११ अर्ब कर्जा लगानी गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्