Artharajniti ~ नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको छ । आइतबारदेखि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको हो । डेपुटी गभर्नरमा उनीहरूले २०७७ फागुन २५ गते नियुक्ति लिएका थिए । तिम्सिना र मिश्रले ५ वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका छन्। डेपुटी गभर्नर पद रिक्त भएसँगै राष्ट्र बैंकभित्र सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ । नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर नियुक्ति कार्यकारी निर्देशकमध्येबाटै गर्नुपर्ने व्यवस्था रहेकाले जसअनुसार गभर्नरको सिफारिशमा सरकारले नियुक्ति गर्नुपर्छ । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुमध्ये गभर्नर विश्व पौडेलले कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् ।
राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त



