ARTHARAJNITI ~ आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ रहेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गरेको छ।
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



