Artharajniti ~ नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड



