Artharajniti ~ गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् ।आज लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर बताएका हुन् । ।मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे ।सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी भएको जेनजी आन्दोलनपश्चात विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्यसबेलाको त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सरकारले सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफलता पाएको बताए ।‘अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अब निर्वाधारित समयमै निर्वाचन सम्मन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुछ ।’
“निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं ” : गृहमन्त्री अर्याल



