“लगानीको वातावरण नबन्दा वित्तीय प्रणालीमा पैसा थुप्रियो ” : गभर्नर पौडेल

Machchapuchchre Bank

Artharajniti  ~ नेपाल राष्ट्र बैंकका डा.विश्वनाथ पौडेलले वित्तीय प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्य समितिसँगको भेटघाटमा उनले लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा पैसा लगानी हुन नसकेको उल्लेख गरे। ‘अहिले हामीसँग पर्याप्त पैसा छ, तर लगानी हुन सकेको छैन,’ गभर्नर पौडेलले भने, ‘लगानीका लागि चौतर्फी प्रयास गर्दा पनि अवस्था सहज छैन । कुनै पनि क्षेत्रमा उत्साहजनक अवस्था देखिँदैन, सबैतिर शिथिलता छ । कहिले पैसा नभएर, कहिले भएर पनि लगानी नहुँदा समस्या भइरहेको छ ।’ उनले लगानीकर्ताको मनोबलमा आएको गिरावटका कारण बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप उत्पादनशील क्षेत्रमा प्रवाह हुन नसकेको स्पष्ट पारे । विगतमा बैङ्क, बिमा, एयरलाइन्स, दूरसञ्चार, शिक्षा, स्वास्थ्य र घरजग्गा जस्ता क्षेत्रमा लगानी हुने गरेकोमा हाल ती क्षेत्रमा लगानी विस्तार हुन नसकेको उनको भनाइ थियो । ‘कित्ताकाट बन्द हुँदा घरजग्गा व्यवसाय सुस्त भयो । विद्यालय, अस्पताल लगायतका क्षेत्रमा पनि लगानी विस्तार हुन सकेको छैन । अब लगानी कहाँ गर्ने भन्ने प्रश्न उठेको छ,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्