Artharajniti ~ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको नामावलीमा डाक्टर, इञ्जिनियरहरू प्रशस्तै छन्। पार्टीको अध्यक्ष नै इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय हुन्। त्यसबाहेक सदस्यहरूमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही इञ्जिनियर छन्। त्यस्तै, डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी, डा. आशुतोष विजय पन्तको नाम पनि सदस्यका रूपमा उल्लेख छ। कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि सदस्य छिन्। कुलमान घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। यो दलको चुनाव चिह्न ‘चिम’ रहेको छ।
कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’



