३३ औँ आईजीपी दान बहादुर कार्की

Machchapuchchre Bank

Artharajnit ~  मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् ।२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की आफ्नो ब्याचमा १ नम्बर वरीयातामा थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी सङ्गठनको नेतृत्व गर्नेछन् । आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी थिए । एआईजी सिद्धि बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए । तर, कार्की उनीहरू सबैको ‘कमान्डर’ बनेका छन् । प्रहरीमा दानबहादुर कार्की कडा स्वभावका ‘कमान्डर’ भनेर चिनिन्छन् । मातहतका प्रहरी कर्मचारी उनीसँग हच्किने गर्छन् । कमान्डमा ‘कठोर’ शैली पछ्याउने कार्की जेनजी प्रदर्शनको भोलिपल्ट आईजीपीको आदेशमा भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरी गएर कमान्ड समाल्न राजी भए । त्यहीँबाट उनले आईजीपीको यात्रा तय गरेका छन् । फौजमा कठोर स्वभावका आईजीपी गीतकार पनि हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्