एकैदिन ४९ सयले बढ्यो सुनको मूल्य

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्