कुलमानले आज नयाँ पार्टी घोषणा गर्दै, बालेनको पनि समर्थन

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल सरकारका उर्जामन्त्री कुलमान घिसिङले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन् । कुलमान निकट व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ । त्यो नभए अर्को पार्टी दर्ता गरिनेछ । नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहनेछ । पार्टी अध्यक्षमा कुलमान हुने वा अन्य व्यक्तिलाई बनाउने भन्ने टुंगो लगिसकेको छैन । नयाँ पार्टीले ‘एक व्यक्ति एक पद’को नीतिलाई अबलम्बन गर्ने भएकाले कुलमानबाहेक पनि पार्टी अध्यक्ष हुन सक्ने छन् । किनकि कुलमान अध्यक्ष वा पदाधिकारी भए प्रधानमन्त्री हुन पाउने छैनन् । स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ । उनी स्वयं भने पदमा रहने छैनन् । उनका प्रतिनिधिहरू भने पार्टीमा रहने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्