डा. शेखरले गरे आफूनिकट जिल्ला सभापतिसँग छलफल

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन्। नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले पुष्टि गरे। उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए। छलफलमा कोइरालाले आफू आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको ‘ब्रिफिङ’ गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्