Artharajniti ~ नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही हो । यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब ५० अर्ब पुगेको छ । असार मसान्तमा यो २९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो
 
			


 
					
 
                             
							 
                             
                             
                             
                            