सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Machchapuchchre Bank

Artharajniti  ~  स्थानीय बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख पाँच हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको थियो।  सुनको मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नाले स्थानीय बजारमा पनि मूल्य बढिरहेको छ। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ।  महासंघका अनुसार सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार २४ सय ८५ रूपैयाँ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्