दुई बैंक तथा दुई वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ ।केन्द्रीय बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियमकीय पालना नगर्ने संस्थाहरूलाई आर्थिक जरिबाना तथा सचेत गराएको हो ।केन्द्रीय बैंकले सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशन विपरीत सिटिजन्सले सीईओको करार सम्झौता संशोधन गरी सुविधा वृद्धि गरेको केन्द्रीय बैंकले जनाएको छ ।त्यसैगरी सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा उपयोगका सम्बन्धमा आन्तरिक लेखा परीक्षकबाट विस्तृत अध्ययन गर्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेपछि सिटिजन्स बैंक सञ्चालक समितिलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।बैंकले तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोर्टिङ समेत गरेपछि सिटिजन्स बैंक सीईओलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैंकको कारबाहीमा परेको अर्को वाणिज्य बैंक एनआईसी एसिया हो । बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर (स्थिर/परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायत व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको भन्दै सचेत गराएको छ ।ब्याजदर परिवर्तन गरेको जानकारी समेत ऋणीलाई दिएको नदेखिएपछि एनआईसी एसियालाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै, गत आव केन्द्रीय बैंकले पोखरा फाइनान्सलाइ अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै आर्थिक जरिबाना गरेको छ ।पोखरा फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्म अवधिका लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेपछि ३२ लाख ७७ हजार ६ सय ७६ रुपैयाँ जरिबाना गरेको हो ।त्यस्तैगरी ,केन्द्रीय बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सका सञ्चालक तथा प्रमुख कार्यकारीलाई पनि सचेत गराएको छ ।केन्द्रीय बैंकले नोक्सानी व्यवस्था तथा वर्गीकरणको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज/किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको पाएपछि सीईओलाई सचेत गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्