रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, एकै महिना १७६ अर्ब भित्रियो

Machchapuchchre Bank

Artharajniti  ~   रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको हो । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो । गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांक छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो । यो अवधिमा ४ लाख ५२ हजार ३२४ ले श्रम स्वीकृति र ३ लाख ८ हजार ६७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्