गभर्नर पौडेलले बाँडफाँट गरे डेपुटी गभर्नरद्वयको जिम्मेवारी

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेसँगै डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको थियो । तर गभर्नरमा पौडेल आएसँगै ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएकी छन् । अब ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी समहाल्नुपर्नेछ । त्यस्तै, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । गभर्नरको कार्यालय मात्रै गभर्नरमार्फत प्रत्यक्ष रूपमा चल्ने व्यवस्था गरिएको बताइएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्