Artharajniti ~ नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड, ऋणपत्र र हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै यस्तो बताएको हो । बोर्डले एउटा म्युचुअल फन्ड, दुई ऋणपत्र र दुई हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको जनाएको छ । म्युचुअल फन्डतर्फ ग्लोबल आईएमई समुन्नत योजना–२ ले स्वीकृती पाएको छ । कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको बन्दमुखी योजना जारी हुन बोर्डले ग्लोबल आईएमई समुन्नत योजना–२ ले १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड जारी गर्ने स्वीकृती दिएको छ । नेपाल एसबीआई बैङ्क ऋणपत्र २०९० ले निष्कासनको स्वीकृती पाएको छ । ७ प्रतिशत ब्याजदर, १० वर्षे अवधिको यो ऋणपत्रको आकार ३ अर्ब रुपैयाँको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क र नेपाल एसबीआई बैङ्कले ऋणपत्र निष्कासनको स्वीकृती दिएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको डिवेन्चरलाई निष्कासनका लागि स्वीकृती दिइएको छ । ८ प्रतिशत ब्याजदर, १० वर्षे अवधिको यो ऋणपत्रको आकार १ अर्ब रुपैयाँको छ । दुई कम्पनी बरुण हाइड्रोपावर र नेपाल इन्स्योरेन्सले हकप्रद निष्कासनको स्वीकृती पाएका छन् । बरुणले १ बराबर १ र नेपाल इन्स्योरेन्सले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृती पाएका हुन् ।
धितोपत्र बोर्डले गर्यो दुई ऋणपत्र, दुई हकप्रद सेयर स्वीकृत
