इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम बढ्दो, एक महिनामै १ अर्ब रुपैयाँ बढीको कारोबार

Machchapuchchre Bank

Artharajniti   ~  नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ चैत महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम थोरै मात्र भए पनि उकालो लाग्ने प्रवृत्तिले निरन्तरता पाएको हो। आर्थिक वर्ष ८१ को पौषबाट माघमा जाँदा सङ्ख्या १२ हजार ८६० बढेर समग्रमा ३ लाख ९१ हजार ४०५ मा पुगेकोमा माघबाट फागुनमा जाँदा पनि कारोबार सङ्ख्यामा १९ हजार ३१९ बढेर ४ लाख १० हजार ७२४ मा पुगेको थियो। हाल फागुनबाट चैतसम्म जाँदा २४ हजार ८९५ बढेर ४ लाख ३५ हजार ६१९ पुगेको छ। कारोबार रकमका हिसाबले हेर्दा पौषबाट माघमा पुग्दा  ६६ करोड ३० लाख रुपैयाँले बढेकोमा माघबाट फागुनमा पुग्दा भने झिनो अर्थात् १ करोड रुपैयाँले बढेको पाइएको छ। यस अर्थमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्लो दुई महिनामा बढेको हो। हाल फागुनबाट चैतसम्म पुग्दा १ अर्ब ८ करोड ५० लाख रुपैयाँ बढेको पाइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्