राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए पदबाट राजीनामा

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। आज (शुक्रबार) नै राजीनामा बुझाएको भट्टले जानकारी गराएका छन्। अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको बुझिएको छ। त्यसोत यसअघि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा बुझाएका थिए। सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो। सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ। अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।गभर्नर नियुक्त गर्नुअघि सरकारले अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्त मापदण्ड संशोधन गरेको थियो। जसअनुसार गभर्नर लगायत पदाधिकारी तथा सदस्य नियुक्तिको लागि ६५ वर्षको उमेर हद हटाइएको थियो। तर, यसविरूद्धमा सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्