ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने

Machchapuchchre Bank

Artharajniti  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयबाट कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको हो ।घिसिङले पुस अन्तिममा कार्यसम्पादन विवरण मन्त्रालयमा बुझाएका थिए । घिसिङसँग गरिएको कार्यसम्पादन करारमा प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण भदौ मसान्तभित्र मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर, करारको व्यवस्थालाई कार्यकारी निर्देशक घिसिङले अटेरी गरेको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । उनले ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा बर्खास्त गर्ने को प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको भन्दै कुलमानले शून्य अंक प्राप्त गरेको बताए ।ऊर्जा सचिव आचार्य सरकारी कर्मचारीबाट म्याद नाघेर आएको कुरा स्वीकार गर्नै नसक्ने बताउँछन् । ‘कुन चाहिँ सार्वजनिक कर्मचारीले म्याद नाघेर आएको कुरा स्वीकार गर्न सक्छ ? जतिसुकै राम्रो मुद्दा भए पनि अदालतले म्याद नाघेपछि लिँदैन । जतिसुकै राम्रो मान्छे भए पछि म्याद नाघेपछि लोकसेवाले आवेदन लिँदैन’, उनले भने, ‘यहाँ पनि उहाँले करारीय दायित्व उल्लंघन गरेर ढिला मूल्यांकन पठाउनुभएको छ । त्यो पनि हामीले पटक पटक ताकेता गरेपछि । उहाँको प्रतिवेदनमा मूल्यांकन गर्नसक्ने अवस्था नै भएन ।’ ‘कार्यसम्पादन सम्झौता अनुसार उहाँले बुझाउनुपर्ने कार्यसम्पादन प्रतिवेदन भदौ मसान्तसम्म हो । त्यो समयभित्र नबुझाएमा के हुन्छ भनेर लेखिएको छैन । तर, ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा बर्खास्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ । उहाँले शून्य अंक प्राप्त गर्नुभयो । अब त्यही अनुसार प्रक्रिया अघि बढ्छ’, उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्